५० हजार घुससहित वडाध्यक्ष, अधिकृत र विचौलिया पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेवडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ।

अख्तियारले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा नं-७ का वडाअध्यक्ष भीम बहादुर यादवसहित विचौलियालाई नियन्त्रणमा लिएको हो ।



घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडाअध्यक्ष यादव र बिचौलिया बिनोद भरलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।



वडा अध्यक्ष यादवले उत्खनन गरी घाटामा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप गरी सेवाग्राहीसँग ५० घुस मागेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज