काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न प्रधानमन्त्री ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।
बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै ओलीले अहिले नेपालको राजनीति छताछुल्ल र भताभुङ्ग अवस्थामा रहेको भन्दै स्वाधीनता कमजोर अवस्थामा पुगेकाले चिन्ता बढेको बताएका हुन् ।
उनले देशको भूगोल खुम्चिँदा पनि प्रधानमन्त्री चुइँक्क बोल्न नसकेको आरोप लगाउँदै विदेश भ्रमणमा किन जान लागेको भन्ने प्रश्न गरे ।
ओलीले भने, ‘हाम्रो सीमा मिचिदो छ । भूमि खुम्चिदो छ । हाम्रो भूमि मिचिँदै छ । सरकार मौन छ । किनभने, बोल्यो भने उसको सत्ता धरापमा पर्छ ।’
प्रधानमन्त्री प्रचण्ड आगामी वैशाख पहिलो साता भारतको राजकीय भ्रमण गर्ने गरी तयारी सुरु गरेसंगै ओलीले ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न सुझाव दिए ।
प्रतिक्रिया!