देउवा-आरजु गिरोहको हेपाइ सहन नसकेको भन्दै अर्थविद् स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग

न्यूज डेस्क
२०७९ चैत्र १६, बिहिवार १६:०८ बजे

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको औपचारिक रुपमा घोषणा गरेका छन्।

उनले इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन्।



पत्रमा उनले देउवा–आरजु (शेरबहादुर देउवा र आरजु राणा) गिरोहको निरन्तरको हेपाइ र अपमानले कांग्रेस परित्याग गरेको उल्लेख गरेका छन् ।



स्रोतका अनुसार वाग्ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेका छन् ।

उनलाई रास्वपाले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्