एआईजी ज्ञवालीले सम्हाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड



काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको कमाण्ड सम्हालेका छन् ।

केहि दिनअघि मात्रै एआईजीमा बढुवा भई रानीपोखरीमा पदस्थापना भएका ज्ञवालीले आज पदभार ग्रहण गरेका हुन् ।



ज्ञवालीलाई प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका थिए ।



पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् ।

नेपाल प्रहरीमा स्वच्छ छबी बनाएका एआईजी ज्ञवाली कमाण्डीङ क्षमतामा पनि अब्बल मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज