काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तिब्बती नागरिकलाई नेपाली नागरिकता दिने थप एक जनालाई पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा देवराज गौतमलाई पक्राउ गरेको हो ।
गौतमलाई तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
केही दिन अगाडि प्रहरीले तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने केशवप्रसाद दुलाल,सानु भट्टराई र टेककुमार गुरूङलाई प्रकाउ गरेको थियो ।
प्रतिक्रिया!