काठमाडौं । मन्त्रालय बाँडफाँडका विषयमा छलफल गर्न दस दलीय गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनका परामर्श गर्दै आएका नेताहरु निर्णायक छलफल गर्न बालुवाटार पुगेका हुन् ।
अहिले बैठकमा प्रधानमन्त्रीसहित शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता एवम् भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ पुगेका छन् ।
यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता सरतसिंह भण्डारी,नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी भएका छन् ।
आज बस्ने बैठकले सबै मन्त्रालयको भागवण्डा टुंगो लगाउने बताइएको छ ।
प्रतिक्रिया!