न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की



काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताएका छन् ।

बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताए ।



न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसाबबाट गरिए न्याय पूर्वाग्रही हुने उनको भनाई छ । उनले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताए । कामु प्रधानन्यायधीश कार्कीले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने बताए ।



स्थानीय जनप्रतिनिधिले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसाबबाट सोच्न जरुरी रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज