एसईई परीक्षा शुरु भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरियो

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार ११:४४ बजे

जनकपुरधाम । बारामा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ ।

परीक्षा सुरु भएको १५ मिनेटभित्रै अंग्रेजी विषयको प्रश्नपत्र सामाजिक सञ्जालबाट बाहिरिएको हो ।



आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो ।



प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुल्न सकेको छैन ।

प्रश्नपत्र बाहिरिएको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्