जनकपुरधाम । बारामा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ ।
परीक्षा सुरु भएको १५ मिनेटभित्रै अंग्रेजी विषयको प्रश्नपत्र सामाजिक सञ्जालबाट बाहिरिएको हो ।
आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो ।
प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुल्न सकेको छैन ।
प्रश्नपत्र बाहिरिएको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया!