नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आज, तयारी पूरा

NEWS DESK
२०८३ कार्तिक १५, आइतवार १०:१६ बजे

बारा । नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आज (१५ कार्तिक) सदरमुकाम कलैयामा हुने भएको छ । अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीका जिल्ला सभापति राजेश राय यादवले जानकारी दिएका छन् ।

कलैयास्थित नेपाली कांग्रेसको बीपी स्मृति भवनमा आयोजना हुने अधिवेशन निर्धारित समयमै सुरु हुने सभापति यादवले बताएका छन् ।

उनका अनुसार अधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक व्यवस्थापन, प्राविधिक तयारी तथा अन्य सम्पूर्ण काम सम्पन्न भइसकेका छन् ।

अधिवेशनमा पार्टीका जिल्ला तहका नेता, कार्यकर्ता, प्रतिनिधि तथा विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहने सभापति यादवले बताए । उनले अधिवेशन सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरेका छन् ।

अधिवेशनमा जिल्लाभित्र पार्टीको वर्तमान सांगठनिक अवस्था, संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा तथा भावी रणनीतिका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशनलाई जिल्लामा पार्टीको संगठनात्मक गतिविधि र भावी राजनीतिक दिशाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्