मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेराआबी पटेर्वामा साईकल वितरण l

बीरगंज एक्सप्रेस
२०७८ भाद्र १, मंगलवार १३:०७ बजे

वीरगंज l प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय आ. वि. पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडा पटेर्वामा अध्ययनरत कक्षा-८ का ८ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडा अध्यक्ष राजेश्वर महतो ज्युको अध्यक्षतामा भएको कार्यक्रममा मा. मन्जुर अन्सारी, जसपा नेपालको जिल्ला अध्यक्ष रामनरेश यादव, प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिव कुमार साह, स्थानीय नेता बिश्वनाथ महतो, रसिद मिया, भिखारी देवान, पत्रकार राजेन्द्र सिंह, पटेर्वा सुगौली गाउँपालिका शिक्षा प्रमुख सम्भु साह, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन शिक्षक सुरेश ओझैयाले गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्