एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा

बीरगंज एक्सप्रेस
२०७८ भाद्र १९, शनिवार ००:३३ बजे

काठमाडौं,१८ भदौ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ ।

गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो ।

‘केन्द्रीय कार्यालय पनि टुंगो लागेको छ । केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुनेछ’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्