२०७९ माघ २२, आईतवार १३:४४ बजे

काठमाडौं, २२ माघ । चितवन–२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ४९ हजार २६४ मतसहित विजयी भएका थिए ।

निकटतम् प्रतिद्वन्द्वी रहेका श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए । १३ माघमा सर्वोच्च अदालतले लामिछानेसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।

रविको नागरिकतालाई लिएर उजुरी परे पनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय