२०७९ माघ २२, आईतवार १३:५० बजे

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका नेताहरुले दिवंगत पूर्वगभर्नर हिमालय शमशेर जबराप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, सुनिलबहादुर थापा, प्रकाशमान सिंह लगायतका नेताहरुले जबराको बबरमहलस्थित निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर जबराको ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित जबरा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय