अपडेट 
यस्तो छ सीके राउतको जनमत पार्टी सरकारबाट वाहिरिनुको दुई कारण | कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत | शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए |
२०७९ माघ २२, आईतवार १६:५३ बजे

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी लिएको स्वीकार गरेपनि आफूले त्यसको दुरुपयोग भने नगरेको दाबी गरेका छन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा बस्नेका लागि के के चाहिन्छ त्यो लिन थालें । त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिनँ, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप (नागरिकता) बुझाएपछि मात्र त्यसबाट ट्राभल गरें ।’

१२–१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिंड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए । तर, स्थायी रुपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजातहरु बनाउन थालेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय