पप्पु कन्ट्र्कसनको अलकत्रा बनाउने टेन्करमा अचानक आगलागी

बीरगंज एक्सप्रेस
२०७८ श्रावण १२, मंगलवार ०५:४५ बजे

मेघराज राय, जिराभवानी १२ साउन l पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर दुई लाटो माई मन्दिर नजिक हुलाकी सडकको बिरगंजको लक्षमनवा देखि जिराभवानीको चमरी सम्म निर्माणको ठेक्का लिएका पप्पु कन्ट्रकसनको अल्कत्रा बनाउने ट्याङ्करमा आज बिहान तीन बजेको समय आगलागी भएको छ ।

बाटो निर्माणको कार्य भैरहेकै बेला ना १ क १७९९ नम्बरको ट्याङ्करमा अचानक आगलागी भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजाबाबु यादवले जानकारी दिनुभयो ।

आगलागी बाट ट्याङ्करको पछाडिको भाग पुर्ण रुपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ।
आगोलाइ स्थानीय बासी प्रहरी र पोखरिया नगरपालिकाको दम्कलको सहयोग बाट नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्