२०७९ मंसिर ३, शनिबार २१:५९ बजे

वीरगञ्ज । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्व सन्ध्या पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र तर्फ उम्मेदवारी दिएका अजय द्विवेदी प्रचार प्रचार सामग्रीसहित पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित मिलन चोकमा द्विवेदीलाई स्थानीयहरुले मौन आवादीको क्रममा निर्वाचन लक्षित प्रचार प्रसार सामग्रीसहित पक्राउ गरेका हुन् ।

द्विवेदी सवार बागमती प्रदेश ०१ ०२७ च ७०२४ नम्बर को गाडीबाट स्थानीयहरुले प्रचार प्रसार सामग्रीसहित उनलाई पक्राउ गरेका हुन् ।

मौन अवधिका कर्ममा प्रचार प्रसार गर्न नमिल्ने भएपनि द्विवेदीले निर्वाचन आचार सहिंतालाई उलंघन गर्दै द्विवेदीले प्रचार प्रसार सामग्री बोकेर मतदातालाई प्रभावित गर्न खोजिरहेको अवस्थामा स्थानीयले उनलाई पक्राउ गरेका छन् ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयको फितलो निगरानीका कारण द्विवेदीले खुलेयाम निर्वाचनको मौन अवधिका क्रममा प्रचार प्रसार सामग्री लिएर हिंडीरहेको स्थानीयहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय