अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ मंसिर १०, शनिबार ११:५४ बजे

बीरगंज  – प्रतिनिधि सभा पर्सा क्षेत्र न ३ का नवनिर्वाचित सदस्य राजकुमार गुप्ताले मतगणना को विषयमा भ्रम मा नपर्न आग्रह गर्नुभएको छ ।

पराजित मानसिकताको उपज को रुपमा केही उम्मेदवार र व्यक्ति ले सत्ता को आडमा भ्रम फैलाइरहेको मा सजग रहन आफ्नो मतदाता क्षेत्र को जनसमुदाय मा आग्रह गर्नु भएको छ ।’ केही व्यक्ति ले गरिरहेको षड्यन्त्र को जनताले प्रतिकार गर्ने छ’ गुप्ताले भन्नुभयो।प्रतिनिधि सभा सदस्य पर्सा क्षेत्र न ३ को मतगणना सकिएपछि सर्वदलीय सर्वसम्मतिले मुचुल्का उठाएर क्षेत्र न ३ को निर्वाचन अधिकृत योगनाथ ढकालले माइकबाट नेकपा एमाले का राजकुमार गुप्ता निर्वाचित भएको घोषणा गर्नु भएको थियो ।

निर्वाचन अधिकृत ढकालले मौखिकको साथमा सार्वजनिक सूचना समेत टास गर्नु भएको थियो ।

सबै उम्मेदवारले पाएको मत सहितको अन्तिम विवरण लेखेर त्यसमा निर्वाचन अधिकृतको कार्यालयकै छाप लगाउनुका साथै हस्ताक्षर गरेर ह्वाटसएपमा पठाएको गुप्ता बताउनुहुन्छ ।

निर्वाचन आयोग को आधिकारिक बेवसाइड मा पर्सा ३ को प्रतिनिधि सभा सदस्य निर्वाचन को मतगणना को परिणाम को घोषणा गर्दै राजकुमार गुप्ता निर्वाचित भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय