अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ पुष ११, सोमबार २३:३१ बजे

बिरगंज – पर्साको छिपहरमाई गाउपालिकाका युवाहरूले दिप प्रज्वलन सहित पटका पड्काएर नवनियुक्त प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन ।

छिपहरमाई गाउपालिकाको वडा नम्बर ५ भिस्वामा सोमबार आयोजित एक कार्यक्रमका बिच युवाहरूले तेस्रो पटक प्रधानमन्त्री बनेको खुशियालिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई स्थानिय युवाहरूले दिप प्रज्वलन गरि बधाई तथा शुभकामना दिएका हुन।

माओबादी केन्द्रका नेता शारुख मन्सुरीको अगुवाइमा भएको कार्यक्रममा कार्यक्रम स्थानीय नेताहरु शेख आर्मान , हिमाञ्चल कुशवाहा, साहब जान मियाँ, रमेश चौरसिया, विश्वनाथ पटेल , लगायतको सहभागीता रहेको थियो ।

माओबादी केन्द्रका अध्यक्ष दाहालाई प्रधानमन्त्री बन्नमा सघाउने दलहरूलाई धन्यवाद दिदै नेता शारुख मन्सुलीले संविधानको रक्ष्रासहित मुलुकलाई दिगो बिकासको बाटोमा लैजान नवगठित सरकारले महत्त्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गरेका थिए ।

दलित, गरिब, असहाय र बिछ्डाबर्गको हकहितको लागि लडदै माओबादिकै नेतृत्वमा संघीयतासहितको मुलुक समृद्ध हुने नेता मन्सुरिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय