२०७९ पुष २७, बुधबार १६:५६ बजे

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवले पुस २९ गते शपथ ग्रहण गर्ने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता यादव आजै नियुक्त भएका छन् ।

६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मधेस प्रदेशको नेतृत्व जसपा र जनमतले आलोपालो गरी लिनेछ । मधेश प्रदेशसभामा १०७ सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय