कालीकोट जिल्ला अदालत नजिकै भेटियो बम



[ad_1]

कालीकोट । जिल्ला अदालत कालीकोटको उत्तरतर्फको पर्खाल नजिकै बाकस बम फेला परेको छ ।

चुलिमालिका बृहत खानेपानी आयोजनाको पाइपलाइन खन्ने क्रममा सानो बाकसभित्र विस्फोटक पदार्थ राखेको पाइएको हो।



बाकसमा तारजडान गरी प्लाष्टिकमा बेरेर राखेको अवस्थामा बम भेटिएपछि नेपाली सेनाको संग्राम गुल्मबाट खटिएको टोलीले ३ घन्टापछि बम निस्क्रिय बनाएको प्रहरीले जनाएको छ ।



पाइपलाइनमा कार्यरत कामदारले बिहान शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनालाई खबर गरेपछि बम भएको यकिन गरेर निस्क्रिय पारिएको हो ।

मध्याह्न १२ बजे भेटिएको बम नेपाली सेनाले अपराह्न ४ बजे मात्र नाव गैराको खोल्सीमा लगेर विष्फोट गरेर निस्क्रिय गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

खानोपनी पाइपलाइन खन्ने क्रममा कामदारले देखेपछि जाँच गर्दा पुरानो बम रहेको खुलेको छ ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज