चालु खर्च धान्न पनि ३१ अर्ब पुगेन



[ad_1]

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको फागुनसम्ममा गत वर्षभन्दा एक खर्ब ५ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ ।

सरकारले गत वर्षभन्दा यो वर्ष २ खर्ब ८३ अर्ब रुपैयाँ बढी राजस्व उठाउने लक्ष्य राखेकोमा असुली उल्टै कम हुँदै आएको छ ।



महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्ममा ५ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व असुली भएको छ । यो लक्ष्यको ४०-९८ प्रतिशत हो । चालु आवमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो ।



अर्कोतिर फागुनसम्मको चालू खर्च पनि राजस्व असुलीले धान्न सकेको छैन । फागुनसम्ममा सरकारको चालू खर्च ६ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।

जबकी यही अवधिमा राजस्व असुली ५ खर्ब ७५ अर्ब रुपैयाँ मात्र छ । यो तथ्यांक हेर्दा सरकारलाई अहिलेसम्म चालु खर्च धान्न पनि ३१ अर्ब रुपैयाँ नपुगेको देखिन्छ । कारोबार दैनिकबाट



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज