हालान्डको कीर्तिमानी ह्याट्रिक, सिटी क्वाटरफाइनलमा



[ad_1]

एजेन्सी । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको कीर्तिमानी ह्याट्रिकमा म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को फराकिलो अन्तरले हराउँदै समग्रमा ८–१ को प्रभावशाली जित निकालेर इंग्लिस क्लब सिटीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।



पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिए पनि सिटीले दोस्रो लेगमा ७–० को एकपक्षीय जित निकाल्यो ।



सिटीलाई एकपक्षीय जित दिलाउन घरेलु मैदान इतिहाद स्टेडियममा हालान्डले ह्याट्रिकसहित ५ गोल गर्दा इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले थप १-१ गोल गरे।

लाइप्जिगविरुद्ध पाँच गोल गरेसँगै नर्वेजियन खेलाडी हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने खेलाडी बनेका छन् । यस्तै उनी च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज