युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै पीएनजी



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि यूएईले बलिङको निम्तो पाएको हो ।



पीएनजी आजको खेलमा सहज जित निकाल्दै लिग–२ को सुखद अन्त्य गर्ने योजनामा छ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै दुई अंक बटुल्न चाहन्छ ।



लिग–२ मा पीएनजीको यो अन्तिम खेल हो । पीएनजी तालिकाको पुछारमा छ । उसको ३५ खेलमा ५ मा जित २९ मा हारसहित ११ अंक छ ।

यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । भोलि नेपाल र यूएईबीच श्रृंखलाको अन्तिम खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज