चितवनको सहिद स्मारक कलेजमा शंकास्पद वस्तु फेला



चितवन । चितवनको कलेजमा शंकास्पद वस्तु फेला परेको छ ।

जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १९ सारदानगरस्थित सहिद स्मारक कलेजमा कालो टेपले बेरेको हरियो तार जडान भएको शंकास्पद वस्तु फेला परेको हो ।



जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कलेजको पार्किङ क्षेत्रमा कार्टुनमा हरियो र कालो टेपले बेरेको हरियो तार जडान भएको वस्तु फेला परेको छ ।



उक्त वस्तुमा ‘स्ववियु निर्वाचन रद्द गरौं’ लेखिएको बताइएको छ । उक्त स्थानमा प्रहरी खटिएको र नेपाली सेनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज