ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदै



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । खेल च्यासल मैदान र दशरथ रङ्गशालामा हुनेछ ।

च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।



विभागीय डर्बी भिडन्त दिउँसो २ः३० बजे सुरु हुनेछ ।



यस्तै रङ्गशालामा हुने खेलमा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र मनाङबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज