एजेन्सी । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको समूहको फर्स्याट परिवर्तन भएको छ।
पहिलो पटक ४८ देशबीच प्रतिस्पर्धा हुने विश्वकपमा यसअघि तीन-तीन टिमको १६ समूह बनाउने बताइएको थियो। तर अब चार-चार टिम सम्मिलित १२ समूहमा प्रतिस्पर्धा गराइने भएको छ।
१२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्ने फिफाले जनाएको छ। प्रत्येक टिमलई कम्तिमा तीन खेल खेलाउनका लागि समूह फर्म्याट परिवर्तन गरिएको फिफाले जनाएको छ।
फिफा विश्वकप २०२६ मा १६ सहरमा खेल हुनेछन्। जहाँ एसियाबाट ८ टिम, अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम, दक्षिण अमेरिकाबाट ६ टिम, ओसियानाबाट १ टिम र युरोपबाट १६ टिम गरी कुल ४६ टिम छनोट हुनेछन्।
यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ। दुई टिम प्लेअफबाट छनोट हुने प्रावधान छ। फिफाले पुरुष फुटबलको अन्तर्राष्ट्रिय खेल क्यालेन्डर २०२५-२०३० पनि तय गरेको छ।