गुडिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु



सुनसरी। गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

सुनसरीको बर्जु गाउँपालिका–२, ढट्टाटोलमा बर्जु–३ की ३६ वर्षीया चन्द्रकलादेवी रायको को ७ प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर मृत्यु भएको हो ।



उनी गुडिरहेको मोटरसाइकलमा पछाडि सवार थिइन् । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।



सो मोटरसाइकलका चालक एवं मृतक महिलाका श्रीमानलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज