राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा कटवाल नियुक्त



काठमाडौं । प्रवेश कटवाल राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कटवाललाई सहायक प्रशिक्षक नियुक्त गरेको हो ।

कटवाल यसअघि गत कात्तिकमा घरेलु मैदानमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा मुख्य प्रशिक्षक थिए । त्यस्तै एन्फाले विनोद डङ्गोललाई गोलकिपर प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।



यसअघि एन्फाले मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई नियुक्त गरेको थियो। भारतको इन्डियन सुपर लिग र आइलिग क्लबको प्रशिक्षक रहेका अल्बर्टोले सोमबार युवा खेलाडीलाई समेटेर टिम निर्माण गर्ने बताएका थिए।



दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुने प्रधानमन्त्री थ्री नेसन्स कपअघि एन्फाले तीन नयाँ प्रशिक्षक भित्र्याएको हो। कपमा नेपालले भुटान र लाओससँग सिंगल राउण्ड रोबिन ढाँचामा खेल्नेछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज