स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग्दै विद्यार्थीको आमरण अनसन



पोखरा । स्वतन्त्र विद्यार्थी युनियन गराउन खटिएका निर्वाचन अधिकृतको राजीनामा माग गर्दै पोखरा लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा विद्यार्थीले आमरण अनसन थालेका छन् ।

नेविसंघमा आबद्ध एउटा समूहका विद्यार्थीले निर्वाचन समितिले धाँधलीपूर्ण गरेको भन्दै स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै क्याम्पसमै आमरण अनसन बसेका हुन् ।



निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, नयाँ निर्वाचन अधिकृत र नयाँ निर्वाचन तालिका घोषणा हुनुपर्ने उनीहरूको माग छ ।



सोही समूहले स्ववियु कार्यालय र क्याम्पस प्रशासन कार्यालयमा तालाबन्दी पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज