काठमाडौं । साताको चौंथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज यथावत रहेको महासंले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा नै स्थिर रहेको छ ।
प्रतिक्रिया!