नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने ८९ करोडमा सीमित



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ओरालो लागेको छ ।

नेप्सेका अनुसार लगातार तिनदिन देखि बढेको सेयरबजार बिहीबार १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ ।



आज होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर सामान्य घटेको छ ।



बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ५४ वटा कम्पनीका २७ लाख ५० हजार कित्ता सेयर ८९ करोड ९५ लाख रुपैयाँमा कारोबार भएको छ ।

कारोबारको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज