कप्तान चेम्जोङ भन्छन् – लाओससँग फाइनल खेल्न मानसिक र शारीरिकरूपमा तयार छौं



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले शुक्रबार हुन लागेको प्रधानमन्त्री कप थ्री नेसन्स कपको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन् ।

नेपालमा भाइरहेको त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनलअघिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान चेम्जोङले यस्तो बताएका हुन् ।



उनले लाओससँगको फाइनल खेलका लागि मानसिक, शारीरिकरूपमा तयार भएको प्रतिक्रिया पनि दिए । टोलीमा नयाँ खेलाडीको बाहुल्यता भएको र उनीहरूको मनोबल उच्च बनाउनका लागि पनि यो प्रतियोगिताको उपाधि निकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।



नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुसी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको चेम्जोङले बताए ।

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले धेरैजसो नयाँ खेलाडी रहेका र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज