विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि



विराटनगर । सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टिम विराटनगर सिटीले जितेको छ ।

विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज साँझ भएको फाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० ले हराउँदै विराटनगर सिटीले उपाधि हात पारेको हो ।



यो जितसँगै विराटनगर सिटीले ६१ वर्षपछि उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो ।



२०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो । विराटनगर सिटीको जितमा अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरे ।

विराटनगरले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज