आजको मौसम : उच्च पहाड र हिमाली भू-भागमा हिमपातको सम्भावना



काठमाडौं । हाल देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।

जसकारण अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।



आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ। देशका केही स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

यस्तै, आज राती देशभर सामान्य बदली रहनेछ । केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज