उपाधिका लागि लाओससँग भिड्दै नेपाल

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार ०८:०३ बजे

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र लाओस भिड्दैछन् ।

काठमाडौंको दशरथ रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ५ः३० बजेदेखि सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।



नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफूहरु फाइनलका लागि तयार भएको बताएका छन् ।



नेपालले यसअघि लाओसमाथि २–० गोल अन्तरको जित हासिल गरेको थियो। नेपालले भुटानसँग भने १–१ गोलको बराबरी खेलेको थियो ।

भुटान एक अङ्कका साथ लिग चरणबाट बाहिरिएको थियो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्