आज दोस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो पटक विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिए पछि चैत १७ गते फेरि विश्वासको मत लिन लागेका हुन् ।



विश्वासको मत लिनका लागि दिउँसो तीन बजे बैठक बोलाइएको छ ।उनले बुधबार कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।



कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन् । आज मुख्यमन्त्री शर्माले एमाले र राप्रपाबाहेकको मत पाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज