एसएमई प्लाटफर्म यसै आर्थिक वर्षभित्र



काठमाडौं । धितोपत्र बजारमा साना तथा मझौला संगठित संस्थाको मात्र कारोबार हुने प्रणाली (एसएमई प्लाटफर्म) यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ ।

नेपाल धितोपत्र बोर्डले एसएमई प्लाटफर्म सञ्चालनका लागि नियमावली तयार गरेको छ ।



बोर्डले बिहीवार साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा सार्वजनिक गरेको हो ।



बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति लिएर उक्त नियमावली तयार गरेको जानकारी दिएको छ ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारमा बहुआयामिक प्रभाव पार्ने एसएमई प्लाटफर्म यसै आर्थिक वर्षभित्र सञ्चालन गर्ने गरी नियमावली तयार गरिएको बताए । आर्थिक अभियान दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज