प्रधानमन्त्री तथा दलहरूले कस्तालाई बनाउलान् मन्त्री ?



काठमाडौं । नेपाली राजनीतिमा नैतिकता स्खलित भइरहेको अवस्थामा दल तथा नेताहरू सच्चिएर सरकारमा मन्त्रीहरू पठाउदा नैतिकवान र इमान्दार व्यक्तिलाई अवसर दिन सक्लान् ?

राजनीतिक विश्लेषकहरू भन्छन्– ‘स्वार्थै स्वार्थले भरिएको गठबन्धनभित्र त्यस्ता नैतिकवान व्यक्तिले अवसर पाउने सम्भावना निकै कम छ ।’ तैपनि दलका नेताहरूले सच्चिएर असल व्यक्ति पठाउन सके निकै राम्रो ।’



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धन दलका नेताहरू अब सच्चिएर असल र देशका लागि चिन्तित रहने इमान्दार छविका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने सुझाव विश्लेषकहरूले दिएका छन् ।



तर, पनि पछिल्ला दिनमा मन्त्री हुनेहरूको हल्ला चलेसँगै आएका नामहरू हेर्दा अधिकांश व्यक्तिहरू विवादास्पद छविका देखिएका छन् ।

विगतको अभ्यास हेर्दा केही अपवादबाहेक धेरै मन्त्रीहरूले कमाउधन्दामा नै लिप्त भएर राजनीतिक रूपमा नैतिकता गुमाएको बताइन्छ । नेपाल समाचारपत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज