मुस्ताङमा लेंक लागेर भारतीय महिलाको मृत्यु



मुस्ताङ । मुस्ताङमा भारतीय महिला पर्यटकको लेंक लागेर मृत्यु भएको छ ।

भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरावादीकी ६१ वर्षीया रुपा थाङ्लाको लेंक लागेर मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शनका लागि बिहीबार बेनी–जोमसोम सडकमार्ग हुँदै २२ जनाको भारतीय टोलीमा उनी जोमसोम आएकी थिइन् ।



शुक्रबार बिहान जोमसोमबाट मुक्तिनाथ जाने क्रममा रानीपौवा बसपार्कमा लेंक लागेर बेहोस भएकी ढलेकी थिइन्।

उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज