आईपीएल : साविक विजेता गुजरातको विजयी सुरुवात, चेन्नाई ५ विकेटले पराजित



काठमाडौं । १६ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिक विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ ।

गएराति भएको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्स ५ विकेटले पराजित भयो । आईपीएलमा चेन्नाईसँग भएको तीन खेलमा गुजरात अपराजित रहेको छ ।



अहमदाबादमा चेन्नाईले दिएको १ सय ७९ रनको लक्ष्य घरेलु टोली गुजरातले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो ।



त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । जितसँगै गुजरातले २ अंक जोडेको छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज