अपडेट 
पशु उपशाखा संचालन रहेकाे भवन भत्काउँदा २० लाखकाे क्षति, गाउँपालिकाकाे आपत्ति | | पर्साको पटेर्वासुगौलीबाट २२ किलो गाँजासहित चौधरी पक्राउ | आईजीपी हटाउन लागिएको विषयमा प्रहरी प्रधान कार्यालयको खण्डन | पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग | पोखरियाका इन्स्पेक्टर ढकालको गुण्डागर्दी, प्रहरी ज्यादतीकाे भिडियाे बनाउने संचारकर्मी माथि दुर्व्यवहार | पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई |
२०८० जेष्ठ २६, शुक्रबार १२:५३ बजे

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सा राजनीतिक विषय नभएको प्रष्ट पारेका छन् । भारतको नयाँ संसद भवनमा राखिएको नयाँ नक्साको विषयमा नेपालमा विभिन्न खाले टिप्पणी भइरहेका बेला विदेशमन्त्री जयशंकरले यस्तो बताएका हुन् ।

बिहीबार नयाँदिल्लीमा पत्ररकारहरुले नेपाल र बंगलादेशमा ‘अखण्ड भारत’ नक्साप्रति विरोध भइरहेको विषयमा सोधेको प्रश्नमा विदेशमन्त्री जयशंकरले छिमेकी देश नेपालले भारतको वर्णन बुझिसकेको समेत बताए । उनले अर्को देश पाकिस्तानले भने बुझ्ने हैसियत नराख्ने टिप्पणी गरे ।

विदेशमन्त्री जयशंकरले भने, ‘मन्त्रालयका प्रवक्ताले यो नक्साले अशोका साम्राज्यको विस्तारलाई झल्काउँछ भनेर वर्णन गरिसक्नुभएको छ । मलाई लाग्दैन कि यो राजनीतिक मुद्दा हो । मित्र राष्ट्रहरुले बुझिसके । पाकिस्तानले यसलाई बुझ्ने ल्याकत राख्दैन ।’

साथै, उनले ‘अखण्ड भारत’ नक्सालाई लिएर नेपालले बुझ्नुपर्ने समेत बताए । ‘हाम्रा मित्रवत छिमेकीहरुले यसलाई बुझ्नेछन् । मलाई भनिएको छ कि हाम्रो वर्णनलाई उनीहरुले सह्राना गरे’ उनले भने, ‘पाकिस्तानको कुरा बिर्सिदिउँ । पाकिस्तानले बुझ्ने मेरो अपेक्षा छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय