दशै नजिकिए संगै पर्साको सिमानाकामा तस्करी ह्वात्तै बढयो



वीरगंज : दशै नजिकिए संगै पर्साको सिमानाकामा अबैध गतिविधि चोरी तस्करी बढेबको छ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ नगवास्थित सीमा ईलाकाबाट २०८० असोज १ गते करिब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले उल्लेखित मूल्यको १० बोरा लत्ताकपडा बरामद गरेको हो ।

भारतबाट अबैध रुपले १० वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्ति भने टाढैबाट सुरक्षा फौजलाई देख्नासाथै सोही ठाउँमा लत्ताकपडाछाडी साईकल लिई फरार भएका थिए ।

बरामद लत्ताकपडा वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज