अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०८० माघ २१, आईतवार २०:२१ बजे

वीरगंज । नेपाली कांग्रेस बिन्दवासिनी गाउँपालिका वडा न.३ पर्साले आज समुदायमा कांग्रेस कार्यक्रम अंतरगत अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले ग्रास रुटमा बसोबास गर्ने आम नागरिकको समस्यालाई बुझेर समाधान गर्न नेपाली कांग्रेसले समुदायमा जाने अभियान सञ्चालन गरेको बताए।

पर्सा जिल्ला प्रतिनिधि तथा कांग्रेसका केन्द्रिय सदस्य किरण यादवले यो अभियानले पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिन मद्धत गर्ने उनले बताए।

नेपाली कांग्रेस मधेस प्रदेश स्वास्थ विभाग प्रमुख शर्मिला थापाले यो अभियानले कांग्रेसलाई २०८४ मिसन लिएको छ बताउनु भयो ।

त्यस्तै नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ ले नेपाली कांग्रेस लाई थप मजबुत बनाउने बताए । स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिनका लागि यो अभियान निकै नै प्रभावकारी हुने उनले दाबी समेत गरे।

सो कार्यक्रम नेपाली कांग्रेस बिन्दवासिनी गाउँपालिका वडा न.३ का सभापति तथा वडा अध्यक्ष जयप्रकाश चौरसियाको सभापतित्वमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय डिना, बिशिस्ट अतिथि नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा यस् कार्यक्रम का केन्द्रिय पर्सा जिल्ला प्रतिनिधि किरण यादव, नेपाली कांग्रेस पर्सा का सभापति माननिय जनार्दन सिंह क्षेत्री, अतिथिहरु कांग्रेसका उपसभापति रामनारायण कुर्मि, अशोक गुप्ता,महाधिवेशन प्रतिनिधि किरण सरकार,महिला संघ पर्साका अध्यक्ष किरण शर्मा,नेपाली कांग्रेस बिन्दवासिनि गाउँपालिकाका सभापति बिबेक चौरसिया, वडा अध्यक्षहरु मुक्तिनाथ प्रसाद कुर्मी, अनोज चौरसिया, छठुलाल चौरसिया, उपनेश चौरसिया, अजय चौरसिया, सुधान्सु चौरसिया लगायत कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय