एक वर्षमा भित्रिए ११ हजार ७ सय बिजुली गाडी



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७ सय वटा विद्युतीय गाडी (कार, भ्यान, जिप) आयात भएका छन् ।

भन्सार विभागले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्षको आयात निर्यातको तथ्याङ्कअनुसार १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात हुँदै गर्दा जम्मा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकाे छ । समीक्षा अवधिमा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १४ खर्ब ४० अर्ब घाटा लाग्न पुग्न पुगेको छ ।

राजस्व जम्मा ४ खर्ब २० अर्ब १६ लाख रुपैयाँ मात्र उठ्न सकेको छ । व्यापार घाटा र राजस्वमा सङ्कुचन आउनुमा एउटा विद्युतीय गाडी पनि हो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ बराबरका ११ हजार ७ सय वटा चार पाङ्ग्रे कार, भ्यान, जिप आयात भएका छन् । जसबाट जम्मा १३ अर्ब ६० करोड ७३ लाख रुपैयाँ बराबरको मात्र राजस्व उठ्न सकेको छ ।

सरकारले विद्युतीय गाडीको प्रोत्साहनका लागि भन्दै भन्सार तथा अन्तःशुल्कमा २०० प्रतिशतसम्म छुट दिएको छ । जसका कारण अटोमाेबाइल बजार ईभी (विद्युतीय) सवारीतर्फ आकर्षित हुँदा राजस्वको ठुलो हिस्सा गुम्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज