पर्सामा हड्डी स्क्रैप, कपडा र अन्य सामग्रीको संगठित तस्करी; प्रहरी अधिकारीहरूको संलग्नतामा गम्भीर आरोप



वीरगंज । पर्सा जिल्लाको अमरपट्टी क्षेत्रबाट भारततर्फ ठूलो मात्रामा हड्डी स्क्रैप (Bone Scrap) तस्करी भइरहेको खुलासा भएको छ। यो अवैध व्यापारमा चर्चित तस्कर भारतीय नागरिक संजय चौरसियाको संलग्नता पाइएको छ। सूचनाका अनुसार, संजय चौरसियाले अमरपट्टी नाकाबाट हड्डी स्क्रैप तस्करी गरिरहेका छन्।

वीरगंजको जगरनाथपुरस्थित हड्डी फ्याक्ट्रीबाट कटिङ गरिएको हड्डी स्क्रैप ट्रक र पिकअपमा लोड गरी अमरपट्टी सीमाक्षेत्रमा पुर्‍याइन्छ। त्यहाँबाट दर्जनौं भरियाहरूले साइकलको प्रयोग गरी राति १० बजेदेखि बिहान ४ बजेसम्म सीमापार तस्करी गरिरहेका छन्।

नेपालमा प्रति केजी २५–३० रुपैयाँमा खरिद गरिएको हड्डी स्क्रैप भारतमा प्रति केजी ५० रुपैयाँमा बेच्ने गरिएको छ। यस तस्करीबाट तस्करहरूले ठूलो आर्थिक फाइदा उठाइरहेका छन्।

यस्तै प्रसौनीभाठनाा नाकाबाट लखनपुर निवासी रमेश सहित ५ जनाको समुहले भारतीय ब्रान्डका बच्चा पिउने पावर दुध,काजु र चकलेट तस्करीको लाईन पाएका छन । अर्का गर्दौल निवासी शहनी थरका तस्करले पनि भारतीय ब्रान्डका बच्चा पिउने पावर दुध, काजु र चकलेट तस्करीको लाईन पाएका छन ।

तस्करीका समान

तस्करीका समान

तस्कर अजयले किराना समान, जितेन्द्र कपडा, प्रकाशले किराना समान, रबिन्द्र गुप्ता किराना सरफदेव ग्रुप कपडा, अबदुल खसिबाख्रा, रबिन्द्र साह किराना समान, हरिनारायण किराना, भारतका मुसहरवाका बिनय साह जुत्ताचप्पल, सुर्तीजन्य समान, राजनिवास, हार्डवेयर, मिठा,  प्रकाश साह किराना, सुनिल किराना, रामशंकर किराना, अजय किराना, मनोज किराना, इन्द्रजित कष्टमेटिक, अनिल कष्टमेटिक समानको तस्करी गरिरहेका छन ।

पर्साका चर्चित तस्कर उतम तिवारी

पर्साको ग्रामीण भेगमा पर्ने अमरपट्टी नाकाबाट बिन्दबासिनी गाउँपालिका घर भएका उत्तम तिवारी, संजय र राहुल चतुर्वेदी नामक तस्कर समूहहरूले मध्यरातीको समयमा भारतबाट कपडा तथा नेपालबाट पपकन बनाउने मकै र चाइनिज लसुनको तस्करी गरिरहेका छन ।

त्यस्तै अमरपट्टी नाकाबाट जलाउदिनले कबाड गरिरहेको छ भने चल्ला तस्करीको काम स्वरुप र सन्दीपले  गरिरहेका छन । स्वरुप र सन्दीपले अमरपटी नाकाबाट चल्लाको ठूलो मात्रामा तस्करी गरिरहेका छन्। पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको स्थानीयको भनाइ छ। स्वरुप र सन्दीपको समूहले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातिको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराका चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोतले नै बताएको छ। अमरपटी, मधवल, झौवा, ईटियाही, विश्रामपुरलगायत पाँच गाउँमा मात्र ८० देखि १०० वटासम्म कुखुरा फर्म तस्करीकै कुखुरा चल्लाको भरमा चलिरहेका छन्।

यस्तै, धोरे नाकाबाट कपडा,चकलेट, किराना समान र जुत्ताचप्पलको तस्करी भइरहेको छ ।

थप गम्भीर कुरा,यस तस्करीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही अधिकारीहरूको समेत मिलोमतो रहेको पाइएको छ। यो अवैध गतिविधिमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मका डिएसपी सुशील बस्नेत, अमरपटी बिओपीका इन्स्पेक्टर रबिन ढुङ्गेल, बिओपि प्रसौनीभाठाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक राम हरि रिमाल,प्रहरी चौकी अमरपटीका वरिष्ठ सई मदन बहादुर मल्ल र प्रहरी चौकी प्रसौनीभाठाका वरिष्ठ सइ बाबुराम ढकालको संलग्नता रहेको स्रोतको दाबी छ। उनीहरूले आर्थिक लाभ उठाउँदै तस्करीमा सहयोग पुर्याइरहेको स्थानीय स्रोतले जनाएको छ।

यस तस्करीले सीमा सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयहरूले सम्बन्धित निकायसँग तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। तस्करी र प्रहरी मिलेमतोको जटिलताले सीमावर्ती क्षेत्रमा सुरक्षाको अवस्था थप कमजोर बनाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धर्मेन्द्र प्र. यादव

लेखकको बारेमा

धर्मेन्द्र प्र. यादव

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज