राजेन्द्र महतो नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्यास सिलिण्डर



काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

निर्वाचन आयोगले मंगलबार दल दर्ता गरी त्यसको प्रमाण पत्र उपलब्ध गराएको हो ।

पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए ।

सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।

आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज