माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा



काठमाडौं । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।

उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

माओवादीको प्रदेशमा ९ मध्ये ६ जना सांसदले साहलाई संसदीय दलको नेताबाट हटाउन १० महिनाअघि प्रचण्डलाई पत्र बुझाएका थिए ।

तर उनले अहिले राजीनामा दिएका हुन् । उनीमाथि पार्टीका सांसदहरु कुरा नसुन्ने, पार्टीलाई आघात पुग्ने काम गरेको तथा अर्थमन्त्री हुँदा बजेटमा चलखेल गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज