रास्वपाद्वारा वीरगंजमा रवि लामिछानेविरुद्धको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान



वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै त्यसविरुद्ध वीरगञ्जमा हस्ताक्षर अभियान सुरु गरेको छ। रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रमहरू आयोजना भइरहेका छन्।

वीरगञ्जमा आयोजना गरिएको उक्त अभियान रास्वपा पर्साका सभापति हरि पन्तको अध्यक्षतामा सुरु गरिएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, बहुदरमाई नगर सभापति चन्दन यादव, दिलीप कुर्मी, तुल्सा पौडेल ,माइकल साप्कोटा, सुदीश प्रजापति, सोनालाल यादब, प्रमोद रायमाझी लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले सभापति लामिछानेमाथि लागाइएको मुद्दा सत्ता पक्षको प्रतिशोधको परिणाम भएको आरोप लगाउँदै ‘लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीति स्थापनाका लागि सदन र सडक दुवैमा संघर्ष आवश्यक’ रहेको बताएका थिए।

नेताहरूले भ्रष्टाचारविरुद्धको मुहिममा लामिछानेले अग्रणी भूमिका खेलेकै कारण सत्ता केन्द्रित शक्तिहरू आत्तिएको दाबी गर्दै, यस्तो राजनीतिक आक्रमणविरुद्ध जनस्तरबाट प्रतिकार जरुरी भएको बताएका छन्।

हस्ताक्षर संकलन अभियानले जनमत निर्माणमा टेवा पुर्‍याउने र सभापति लामिछानेप्रति ऐक्यबद्धता प्रकट गर्ने विश्वास व्यक्त गरिएको छ।

रास्वपाले आगामी दिनहरूमा पनि सुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्ध अभियानलाई अझ तीव्र बनाउँदै लैजाने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज