वीरगंज – ११ साउन । पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिस्वामा राष्ट्रिय युवा संघ नेपाल, छिपहरमाई गाउँपालिका कमिटीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
गाउँपालिका अध्यक्ष श्री सरोज साह कानु तथा जिल्ला अध्यक्ष श्री सुवास साहको विशेष उपस्थितिमा श्री मंगल माध्यमिक विद्यालय, भिस्वा–५ को प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको संघले जनाएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु सन्तुलन कायम राख्नका लागि वृक्षारोपणको महत्व झल्काउन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा स्थानीय नेता, संघका सदस्य, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिक्रिया!